सहिदको भावनाको कदर गर्न माग
टोकियो जापान, ८ फागुन । राणाशासन विरुद्धको आन्दोलनमा भएका सहिदको भावनाको कदर गर्न जापानवासी नेपालीले राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन् ।
जापानस्थित नेपाली राजदूतावासले शनिबार टोकियोमा आयोजित ६७ औँं प्रजातन्त्र दिवसका अवसरमा जापानवासी नेपालीले स्वतन्त्रता प्राप्तिका लागि लड्ने क्रममा बलिदानीस्वरुप सहिद भएकाहरूको स्मरण गर्दै पञ्चायती राणाशासन विरुद्धको आन्दोलनले प्राप्त गरेको उपलब्धिको रक्षा गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्वतन्त्रताको अधिकार माग्ने क्रममा भएका सहिदको सम्मानका लागि एकापसमा मिल्नाको विकल्प नरहेको बताउनुभयो । नेकपा ‘एमाले’ केन्द्रीय सदस्य ठाकुर गैरेले लामो सङ्घर्ष र धेरै दुःखले बनाएको संविधान कार्यावन्यनमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष भवन भट्टले सहिदको भावना पूरा गर्न विदेशमा रहेका हरेक एक नेपालीले तीन विदेशी साथीलाई नेपाल पठाउन सके पनि पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।
कावा राजदूत कृष्णचन्द्र अर्यालले राजनीतिक पार्टीका भ्रातृ सङ्गठन र जापानस्थित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिबीचको भाइचारा तथा ऐक्यबद्धताको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा गैरआवासीय अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य, गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष सुदन थापा, नेपालस्थित विभिन्न राजनीतिक पार्टीका सङ्गठन प्रतिनिधि र विभिन्न सङ्घसंस्थाका अधिकारीले प्रजातन्त्र प्राप्तिका लागि भएका सहिदको भावनाको कदर गर्न माग गरेका थिए ।
Comments
अरु समाचार
-
दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा
काठमाडौं । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका...
-
काठमाडौंमा हावाहुरीसहित वर्षा
काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।...
-
आजको राशिफल: २०८१ जेठ ७ गते सोमवार
मेष: दिनभरि संघर्ष गर्नुपरे पनि साँझतिर रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। लोकाचारमा...
-
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङ्लुङका कार्की प्रथम
काठमाडौं । यहाँ जारी ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको डोको क्यारी रन (डोको बोकेर दौडिने) प्रतियोगितामा फक्ताङ्लुङ गाउँपालिकाका–२ का छत्रबहादुर...
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय...
-
संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी
काठमाडौं । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन् । उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन...