ताजा समाचार

महोत्तरीमा एक महिलाको रहस्यमय मृत्यु

महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाविसमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । सम्सी गाविस–१ बस्ने शेष इस्तियाकी पत्नी २५ वर्षीया नसरीन खातुनको रहस्यमय मृत्यु भएको हो । शेष इस्तिया बैदेशिक रोजगारीका लागि खाडी गएका छन् ।
पति वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुकमा रहँदै आएका र नसरीन आफ्ना दुई ससाना छोरासहित आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति उनको शव उनकै कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए ।

स्थानीयका अनुसार निम्नवर्गीय परिवारकी नसरीन खुसीपूर्वक सासू, ससुरा र दुई छोरासहित घरमा बसिरहेको बेला अचानक उनको शव झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीले उनको मृत्यु रहस्यमय भन्दै घटनाको अनुसन्धान थालेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org