ताजा समाचार

प्रधानमन्त्री दाहालले बोलाए आज तीन बजे सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज तीन बजे सर्वदलीय वैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालले निर्वाचनको सम्बन्धमा सबैदलहरुसँग परामर्श गर्नका लागि संसद भवन नयाँ बानेश्वरमा ३ बजे सर्वदलीय बैठक बोलाएका हुन् । त्यहाँ निर्वाचन मिति घोषणा भइसकेको अहिलो अवस्थामा भावी कार्यदिशाका बारे छलफल हुने बताइएको छ ।

त्यस्तै मंगलबार बस्ने भनिएको संसद बैठक सूचना प्रकाशित गरी विशेष कारणवश स्थगित गरिएको छ । सभामुख ओनसरी घर्तीले भोली १ बजेसम्मलाई संसद स्थगित गरिएको जानकारी सूचना प्रकाशित गरी दिएकी हुन् । आजको बैठकमा संशोधन विधेयकलाई कार्यतालिकामा राख्ने कि नराख्ने भन्ने विषयमा एकमत नभइसकेको र सोमबारको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि मधेसी मोर्चा असन्तुष्ट भएकोले पनि आजको संसद बैठक स्थगित भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org