मधेशी मोर्चाले गर्यो आन्दोलतको घोषणा
काठमाडौं । सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेलगत्तै मधेशी मोर्चाले आन्दोलन गर्ने भएको छ । आगामी बैशाख ३१ गतेको लागि चुनावको मिति घोषणा भएपछि असन्तुष्ट मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेको हो ।
मधेसी मोर्चाका ७ नेताको हस्ताक्षर रहेको विज्ञप्तिमा फाल्गुण १० गते मधेशका हाट बजार र जिल्ला सदरमुकामहरुमा मसाल जुलुस निकाल्ने, फागुन ११ गते मधेश बन्द गर्ने र फागुन १२ देखि १५ दिन सम्म गाँउ, नगर तथा सदरमुकाममा चुनाव विरोधी कार्यक्रम गर्ने बिज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिको पूर्ण पाठ
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनसँग २०७३ श्रावण १९ गते नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच सम्पन्न ३ बुँदे सम्झौता विपरीत, मोर्चाद्वारा सरकारलाइ बारम्बार गर्दै आएको आग्रहलाई बेबास्ता गर्दै तथा नेपालको संविधान २०७२ लाई सर्वस्वीकार्य हुन नदिने मनसायका साथ मन्त्री परिषदबाट स्थानीय निर्वाचनको मिति तोक्ने कार्य नेपाली जनताका लागि दुर्भाग्यपूर्ण हो । संविधानको धारा ५६ (५) विपरीत तथा संविधानको निर्दिष्ट सिद्धान्त, विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रहरुको संख्या र सीमा निर्धारण नै नगरी अवैज्ञानिक, अधुरो र अपुरो प्रतिवेदनको आधारमा घोषणा गरिएको यो स्थानीय निर्वाचन कदापि मान्य हुन सक्दैन । त्यसरी नै मोर्चा साथ गरिएको ३ बुँदे सम्झौतामा उल्लेख भए बमोजिम मधेश र थरुहट आन्दोलनको क्रममा आन्दोलनकारीहरुमाथि लगाइएका झुठा मुद्दा फिर्ता, आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरु मध्ये बाँकी रहेकाहरुलाई शहिद घोषणा लगायत सरकार आपैmद्वारा मंसिर १४ गते व्यवस्थापिका संसदमा दर्ता गराईएको संविधान संशोधन विधेयकलाई टुङ्गो नलगाई प्रस्तावित गरिएको स्थानीय निर्वाचनले यो संविधानलाई सर्वस्वीकार्य त बनाउँदैन नै, यसले देशमा झन द्वन्द र मुठभेड मात्र निम्त्याउँछ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा संसदमा दर्ता गराइएको यो संविधान संशोधन विधयेकलाई परिमार्जन सहित पारित नहुन्जेल हुने कुनै पनि निर्वाचनमा सहभागी त हुदैन हुदैन मधेशमा त्यस्ता निर्वाचन हुन पनि दिँदैन । अतः संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सरकारद्वारा संसदमा दर्ता गराईएको संविधान संशोधन विधेयकलाई आपसी सहमतिको आधारमा परिमार्जन सहित पारित नभए सम्म आन्दोलन गर्न हामी बाध्य छौँ । यसै आधारमा निम्न कार्यक्रमहरुको घोषणा गरिएको छ ।
आन्दोलनका कार्यक्रमहरुः
१। २०७३ फाल्गुण १० गते मधेशका हाट बजार र जिल्ला सदरमुकामहरुमा मसाल जुलुस ।
२। २०७३ फाल्गुण ११ गते मधेश बन्द ।
३। २०७३ फाल्गुण १२ देखी १५ दिन सम्म गाँउ, नगर तथा सदरमुकाममा भण्डाफोर ।
आन्दोलनका थप कार्यक्रमहरु पछि पुनः सार्वजनिक गरिदैं जानेछ ।
महन्थ ठाकुर
राजेन्द्र महतो
महेन्द्र यादव
राज किशोर यादव
राजेन्द्र श्रेष्ठ
शेखर सिंह
सुनिल रोहित
Comments
अरु समाचार
-
प्रमुख विपक्षीदलको वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको...
-
कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव...
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त
काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले...
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...