ताजा समाचार

राप्रपा महाधिवेशन : ओली, थापा र राणा विजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा गायिका कोमल ओली र नायिका रेखा थापा र गायिका मिरा राणा केन्द्रीय सदस्यमा बिजयी भएका छन् ।
राप्रपाको खुलातर्फ केन्द्रीय सदस्यको निर्वाचनमा पूर्वमन्त्री एवं पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले १ हजार ९ सय ४ मत प्राप्त गरे । वर्तमान भूमिसुधार मन्त्री विक्रम पाण्डे १ हजार ८ सय ५८ मतसहित लोकप्रिय दोस्रो स्थानमा रहदै केन्द्रीय सदस्य निर्वाचित भए । गायिका एवं सञ्चारकर्मी कोमल ओली लोकप्रिय तेस्रो मत १ हजार ८ सय ५७ ल्याउदै केन्द्रीय सदस्यमा निर्वाचित भइन् ।

राप्रपाले निर्वाचनबाट ९८ जना केन्द्रीय सदस्य चुनेको छ । केन्द्रीय सदस्यका लागि मङ्गलबार भएको निर्वाचनको मतगणना राति अबेर सकिएको राप्रपाले जनाएको छ । मतदानमा ३ हजार २ सय ९७ जना महाधिवेशन प्रतिनिधि सहभागी थिए ।
राप्रपामा ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । अध्यक्षमा कमल थापा यसअघि नै निर्वाचित भैसक्नुभएको छ । दुई राप्रपाको एकतापछि भएको महाधिवेशन बुधबार सकिंदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org