मोर्चाका नेता काठमाडौंमा बसेर वन्दको घोषणा गरे, बन्दले तराईको जनजीवन अति कष्टकर
काठमाडौं । स्थानिय तहको निर्वाचन घोषणाको विरोध गर्दै मधेसी मोर्चाले आहृवान गरेको बन्दका कारण तराई मधेसको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण विभिन्न जिल्लामा लामो तथा छोटो दुरीका ठूला सवारी साधनहरु चलेका छैनन् भने उद्योग कलकारखाना पनि ठप्प छन् ।
भैरहवास्थित अनलाइनखबरकर्मी सलमान खानका अनुसार बेलहिया नाका हुँदै नेपाल आउने यात्रुहरु नाकामा अलपत्र परेका छन् । बन्दकर्ताहरु भैरहवाको बुद्धचोकमा जम्मा रहेको कारण ठूला सवारी साधन चल्न सकेका छैनन् ।
बैंक, वित्तिय संस्था, उद्योग कलकारखाना बन्द छन् । तर, बन्दकर्ताले मोटरसाइकल चलाउन छुट दिएका छन् ।
यसैगरी राजविराजस्थित अनलाइनखबरकर्मी एसके शानका अनुसार सप्तरीमा पनि बन्दको प्रभाव देखिएको छ । पूर्व(पश्चिम राजमार्गमा समेत गाडी चलेका छैनन् । मोटरसाइकल भने चलेका छन् ।
राजविराजमा मधेसी मोर्चा आवद्ध दलका कार्यकर्ताको उपस्थिति देखिएको छ तर, सडकमा भने खासै बन्दकर्ता छैनन् ।
मधेसी मोर्चा सप्तरीले विज्ञप्ति निकालेर एम्बुलेन्स, विवाहका गाडी साथै दूध बोक्ने गाडी चल्न दिने बताएको छ ।
Comments
अरु समाचार
-
प्रमुख विपक्षीदलको वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको...
-
कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव...
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त
काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले...
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...