ताजा समाचार

विदेशमा कमाएको पैसा श्रीमतीले लिएर भागेपछि…

कञ्चनपुर । चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ ।

मलेसियामा चार वर्ष दुःख गरेर कमाएको १० लाख रुपैयाँ र घरभित्र रहेका सबै गरगहना लिएर ३९ वर्षीया श्रीमती मञ्जुदेवी भागेपछि डगौरा बिजोगमा परेका हुन् ।
दुई छोरा र एक छोरीकी आमा रहेकी मञ्जु भोजराज मलेसियाबाट फर्कनुभन्दा तीन दिनअघि मात्रै नगद र गरगहना लिएर भागेकी हुन् ।
माइतीमा रहेकी बज्यैलाई भेट्न भनेर गएकी उनी बेलौरी नगरपालिका–७ भकुण्डाका खुसिराम डगौरासँग भागेर गएको भोजराजले बताए ।
विदेशमा छँदा मेरै घरमा खुसिरामको आउजाउ बढेको उनले श्रीमतीसँगै कमाएको पैसासमेत लगेका भोजराजको दाबी छ ।
भगाएर लगेकी श्रीमतीलाई उनले नै लुकाएर राखेका छन् र आफुले खुसिरामविरुद्ध भोजराजले जिल्ला अदालत, कञ्चनपुरमा मुद्दासमेत दायर गरेको उनले बताए ।
भोजराजले बूढीआमाको ज्येष्ठ नागरिक भत्ताबापतको १० हजार रुपैयाँ , छोरीको कानमा लगाएको आधा तोला सुन, घरमा रहेको अरु अढाइ तोला सुन र वृद्ध आमाको सुनको फुलीसमेत निकालेर लगेको बताए ।
विदेशबाट प्रतिमहिना आइएमई गरेर पैसा पठाउँथेँ उनले बैंकमा पैसा राख्दै आएको जवाफ दिन्थिन भन्दै उनले भने,‘विदेशबाट फर्केर बैंक खातामा हेर्दा एक लाख ८८ हजार नगद रकम मात्रै फेला परेको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org