ताजा समाचार

पत्रकार महासङ्घ उदयपुरमा खड्का

गाईघाट (उदयपुर), १७ फागुन । नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरको दशौँ जिल्ला अधिवेशनबाट सोमबार भएको निर्वाचनमा भरत खड्काको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति निर्वाचित भएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टरको सामूहिक गठबन्धन तथा अर्कोतिर प्रेस युनियनसहित साना अन्य पत्रकार समूहको कार्यगत एकता भएर भएको निर्वाचनमा चौतारी र सेन्टरको तर्फबाट भरत खड्का अध्यक्षमा निर्वाचित हुनुभएको हो भने खड्काले युनियनका भक्तिविलास पोखरेललाई ३० मतको विरुद्ध ४० मतले पराजित गर्नु भएको हो ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रेस सेन्टर र चौतारी प्यानलका भोटराज राई निर्वाचित हुनुभएको छ भने समावेशी उपाध्यक्षमा बबिता परियार निर्विरोध निर्वाचित हुनुभएको छ ।

सचिवमा युनियनका तर्फबाट पर्शुराम थापा, सहसचिवमा चौतारी गठबन्धनबाट बिदुर कटुवाल र गजेन्द्र राई निर्वाचित भएका छन् ।

यस्तै, कोषाध्यक्षमा युनियनका तर्फबाट विश्वराज तामाङ निर्वाचित भएका छन् ।

अन्य सदस्यमा सुपराज राई, हरि ढकाल, ईश्वर बलाम्पाकी मगर, जीवनाथ दाहाल, सुमित्रा कोइराला निर्वाचित भएको निर्वाचन समितिका अध्यक्ष बद्री काफ्लेले बताउनुभयो ।

यस्तै, दशौँ अधिवेशनबाट प्रदेश पार्षद्मा बाबुराम भण्डारी, लिलाप्रसाद निरौला, केदार थापा, रुपा राई, टेकराज रिखाम मगर, रवीन्द्र चौधरी, ईश्वर तामाङ, विज्ञान पराजुली, विकास बस्नेत निर्वाचित भएका छन् ।

केन्द्रीय पार्षद्मा हरिकुमार राई, कौशल चेमजोङ, कुशलबाबु बस्नेत, यदु ढकाल, अप्सरा समाल मगर, श्याम राई, नवीन राई र सुजाता ढुङ्गाना निर्वाचित भएका छन् ।

हरि, कौशल, कुशल, यदु, अप्सरा, सुजाता, चौतारी र सेन्टरबाट निर्वाचित भएका हुन् भने नवीन र श्याम युनियनबाट निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य धनकुमार श्रेष्ठले बताउनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org