महासङ्घ काठमाडौँको निर्वाचनका लागि परिचालन समिति गठन
काठमाडौँ, १७ फागुन । नेपाल प्रेस युनियन काठमाडौँले आसन्न नेपाल पत्रकार महासङ्घ काठमाडौँको निर्वाचनका लागि परिचालन समिति गठन गरेको छ ।
शाखाका अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा आज बसेको बैठकले
आगामी चैत १ गते हुने काठमाडौँ महासङ्घको निर्वाचनका लागि युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दवाडीको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । सदस्यमा युनियन काठमाडौँ शाखाका सल्लाहकार, अध्यक्ष, पदाधिकारी, पत्रकार महासङ्घ काठमाडौँका पदाधिकारी, उपत्यका समिति सदस्य सचिव, युनियन केन्द्रीय समितिमा रहेका काठमाडौँ शाखाका सदस्य छन् ।
बैठकले शाखाका सल्लाहकारमा शाखाका पूर्वअध्यक्ष गोकर्ण अर्याल, शिव लम्साल र लीलाराज खनाललाई थप गर्ने निर्णय गरेको छ । यसैगरी पत्रकार महासङ्घको युनियनतर्फको उम्मेदवारका लागि शाखाका अध्यक्ष अर्यालको संयोजकत्वमा उपाध्यक्ष देवी सापकोटा, सचिव महेश्वर गौतम, सहसचिव खगेन्द्र भण्डारी र कोषाध्यक्ष भागवत भट्टराई सदस्य रहेको समिति गठन गरेको छ ।
यस्तै महासङ्घको चुनाव प्रचारप्रसार समितिमा शाखाका सचिव गौतमको संयोजकत्वमा सदस्य अच्युत रेग्मी, पुष्पा शर्मा, लक्ष्मी सापकोटा, अक्कल कुँवर, अर्जुन अधिकारी, सुमन सापकोटा र सुदीप रेग्मी सदस्य रहेको समिति गठन गरेको छ ।
बैठकले नयाँ वर्षको भित्तेपात्रो प्रकाशन गर्ने, नयाँ सदस्यता वितरण तथा नवीकरणलाई तीव्रता दिने र युनियनको इतिहास समेट्ने गरी स्मारिका निकाल्ने निर्णय पनि गरेको छ ।
Comments
अरु समाचार
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई बागमती प्रदेश सरकारद्वारा पुरस्कार प्रदान
काठमाडौं । संविधान दिवसको अवसरमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
सुख्खा पहिरोले महाकाली राजमार्ग अवरुद्ध
काठमाडौं । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा...