ताजा समाचार

एमालेको मेचीमहाकाली अभियानले निर्वाचन सफल पार्न मद्दत पुग्छ : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको शनिबारदेखि मेची–महाकाली राष्ट्रिय अभियान सुरु भएको छ ।

सुखानी सहिद स्मृति दिवसको अवसरमा एमालेले राष्ट्रिय एकताको सन्देश दिन र संविधान कार्यान्वयनका लागि भन्दै झापाको काँकडभिट्टाबाट अभियान थालनी गरेको हो ।

अभियान एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सुभारम्भ गरे । अभियान सुभारम्भ गर्दै एमाले अध्यक्ष ओलीले राष्ट्रिय एकता, संविधान कार्यान्वयन, लोकतन्त्रका निम्ति मेची–महाकाली अभियान सुरु गरिएको बताए ।

उनले यो अभियानबाट विभिन्न जाति, समुदाय, भाषाभाषी सबै नेपाली सम्पन्न बनाउन र देश समृद्धिका लागि टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले आफ्नो पार्टी सबैका अधिकारका लागि लडेको भन्दै मेची–महाकाली अभियानले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण निर्वाचन सफल बनाउने पनि दाबी गरे ।
अभियानमा एमाले अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, महासचिव ईश्वर पोखरले, पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वगृहमन्त्री वामदेव गौतम, भीम रावल, योगेश भट्टराईलगायतका नेताहरु, पार्टीका सांसदहरु, कार्यकर्ताहरुको सहभागी छन् ।

१५ दिने अभियानमा तराईका २२ जिल्लालाई समेट्ने गरी ३५ स्थानमा आमसभा आयोजना गरिने एमालेले जनाएको छ । काँकडभिट्टाबाट सुरु अभियान महाकालीको सुर्खेत पुगेर टुंगिने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org