जनताबाहेक अरू कसैको आदेश मान्दैनौं : अध्यक्ष ओली
काठमाडौं । एमालेले अध्यक्ष केपी ओलीले राष्ट्रियताका सन्दर्भमा आफ्नो पार्टीले नेपाली जनताबाहेक अरू कसैको आदेश नमान्ने बताएका छन् ।
शनिबारबाट सुरु भएको मेची महाकाली राष्ट्रिय अभियान शुभारम्भ गर्दै उनले संविधान र कानुन मान्दै शान्तिपूर्ण अभियानबाट राष्ट्रियताका जागरण ल्याउने अगुवाइ एमालेले गरेको जनाए ।
संविधान कार्यान्वयन, चुनाव हुन नदिने, लोकतन्त्रलाई अघि बढ्न नदिने र देशलाई अराजकतातिर लैजाने प्रयास भइरहेको उनले बताए । उनले भने, ‘एमालेकै दबाबमा स्थानीय निर्वाचन घोषणा भएको छ, निर्वाचन गराउनुपर्छ । निर्वाचन नगर्ने र जनतामा अधिकार नदिने कुरा स्वीकार्य छैन ।’
उनले संविधान संशोधन प्रस्ताव जनताको आवश्यकता र राष्ट्रियताको हित प्रतिकूल रहेकाले पारित हुन नदिने भन्दै आफ्नो अभियानमा कसैले अवरोध सिर्जना गरे वा हिंसा भड्काउन खोजे एमालेले त्यसलाई पराजित गर्ने चेतावनी दिए । ‘देशको अहित हुने संविधान संशोधन लागि सरकारले प्रस्ताव ल्यायो । त्यो देशको प्रतिकूल छ, त्यसकारण हामी पास हुन दिँदेनौं’ उनले भने, ‘जनमतले पारित गर्न दिँदैन । नैतिक हिसाबले संसदले पनि पास गर्न मिल्दैन ।’
पार्टीले सुरु गरेको मेची–काली अभियान राष्ट्रिय एकता, संविधान कार्यान्वयन, लोकतन्त्रका निम्ति भन्दै उनले विभिन्न जाति, समुदायलाई सम्पन्न बनाउन र देश समृद्धिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले देश बनाउने अभियान एमालेले मात्रै बोकेको दाबी गरे ।
एमाले महासचिव ईश्वर पोखरेलले देश र अहिलेसम्म विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि अभियान सुरु भएको बताए । उनले पनि अभियानमा कसैले अवरोध गर्न खोजिए एमालेले सशक्त रुपमा प्रतिकार गर्ने चेतावनी दिए । केही शक्तिले देशमा संविधान कार्यान्वयन नहोस् भनेर आगो बाल्न खोजिरहेको आरोप लगाउँदै पोखरेलले संविधान जारी गर्दा जसरी संविधान कार्यान्वयनका लागि निर्वाचन गर्नुपर्नेमा जोड दिए ।
।
मधेस, मधेसी जनतालाई भेद्भाव गरिएको भनेर देश विखण्डन गराउने, त्यसको दोष एमालेमाथि थोपर्न खोजिरहेको भन्दै उनले त्यसको मुकाबिला गर्न एमाले तयार रहेको बताए ।
एमालेले मेची महाकाली राष्ट्रिय अभियानकै सन्दर्भमा पार्टीको केन्द्रीय कमिटीमा तराई मधेस मूलका २१ जना नेतालाई केन्द्रीय कमिटीको पूर्ण र वैकल्पिक सदस्यमा मनोनयन गरेको छ । पार्टी स्थायी कमिटीको शुक्रबार सम्पन्न स्थायी कमिटी बैठकले मनोनयन गरेको एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । मनोनित पूर्ण केन्द्रीय सदस्यमा रघुवीर महासेठ, रामचन्द्र यादव, धर्मनाथ यादव, धर्मनाथ साह, रामदयाल मण्डल, रवीन्द्र्र वैठा, यदुवंश झा, गङ्गा यादव, रामचन्द्र तेली, रत्नेश्वर गोइत, लालबाबु यादव र हरिनायण महतो छन् । यस्तै वैकल्पिक केन्द्रीय सदस्यमा नारदमुनी राना, मञ्जु चौधरी, हरि राजवंशी, सरोज यादव, महम्मद हारुन, जुली महतो, शान्ता चौधरी र सरला यादव छन् ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...