ताजा समाचार

स्थानीय तह पुनरावलोकन प्रतिवेदन आज सरकारलाई बुझाइँदै,मन्त्रिपरिषद बैठक पनि बस्ने

काठमाडौं २२ फागुन । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्न बनेको कार्यदलले परिमार्जनका लागि सुझावसहितको प्रतिवेदन आज सरकारलाई बुझाउँदैछ । साथै आजै अपरान्ह प्रधानमन्त्री प्रचण्डले क्याबिनेट बैठकको आयोजना गर्दैछन् ।
आयोगको प्रतिवेदनप्रति मधेसी मोर्चाको असन्तुष्टि सम्बोधन गर्नका लागि सरकारले बनाएको कार्यदलले परिमार्जनका लागि सुझावसहितको प्रतिदेन सरकारलाई बुझाउन लागेको हो ।

आयोगले सिफारिस गरेको भन्दा १९ वटा स्थानीय तह बढाउने प्रस्तावसहित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाउन लागेको हो ।

स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ संख्या सिफारिस गरेको थियो । पाण्डे संयोजकत्वको कार्यदलले स्थानीय तहको संख्या ७ सय ३८ पुर्‍याएको छ ।

कार्यदलले प्रस्ताव गरेको परिमार्जित प्रतिवेदनमा मधेसका ८ जिल्लामा १७ वटा स्थानीय तह थपिएका छन् । त्यस्तै पहाडका दुई जिल्लामा २ वटा स्थानीय तहको संख्या थपिएको छ ।

कार्यदलले प्रतिवेदन बुझाएपछि आज साँझ बस्ने मन्त्रिपरिषद बैठकमा परिमार्जित स्थानीय तहको विषयमा छलफल हुने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org