मोर्चाका कार्यकर्ताद्वारा सप्तरीमा एमाले नेताहरु र प्रमुख निर्वाचन आयुक्तको घरमा तोडफोड
सप्तरी। सप्तरीमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरु एमाले नेताहरुको घर तोडफोडमा उत्रिएका छन् । प्रदर्शनकारीले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा पनि ढुंगामुढा गरेका छन् ।
तोडफोडमा मोर्चामा आवद्ध दलका जिल्लास्थित प्रमुख नेताहरुले नै अगुवाई गरेको देखिएको छ । राजविराज घटनापछि प्रमुख जिल्ला अधिकारीका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख फेरिएका छन् । पुराना अधिकारीहरु गृह मन्त्रालय हाजिर भइसकेका छन् भने नयाँ सीडीओ र सुरक्षा प्रमुखहरु कार्यक्षेत्रमा पुगिसकेका छैनन् ।
मोर्चाका कार्यकर्ताले एमाले केन्द्रीय सदस्य सुनमनराज प्याकुरेलको राजविराज ४ स्थित घरमा तोडफोड गरेका छन् । उनीहरुले हानेको ढुंगाबाट झ्यालका शिशा फुटेका छन् । एमाले नेता रामानन्द देवको राजविराज ९ स्थित लिटिल फ्लावर स्कुल र घरमा पनि तोडफोड गरेका छन् ।
प्रदर्शनकारीहरु एमाले सांसद रञ्जु ठाकुरको घरमा पनि पुगेका थिए । तर, कोही नभएको भन्दै फर्किएका छन् । मधेसी मोर्चाका कार्यकर्ताले एमाले जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्दै पार्टीको बोर्ड र झण्डा जलाइदिएका छन् ।
मधेसी मोर्चा सप्तरीमा राजविराज घटनाको विरोधमा अनिश्चितकालीन बन्द आहृवान गरेको छ र, एमाले समर्थकलाई सामाजिक बहिस्कार गर्ने चेतावनी दिएको छ ।
Comments
अरु समाचार
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई बागमती प्रदेश सरकारद्वारा पुरस्कार प्रदान
काठमाडौं । संविधान दिवसको अवसरमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
सुख्खा पहिरोले महाकाली राजमार्ग अवरुद्ध
काठमाडौं । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा...