महिलाको आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नुपर्छ–राष्ट्रपति भण्डारी
काठमाडौँ, २५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला समानताका लागि महिलाको आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नु जरुरी भएको बताउनुभएको छ ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रलायले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको विशेष समारोहमा उहाँले समान रुपमा महिलाको विकासका लागि आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नुपर्ने जरुरी भएको बताउनुभएको हो ।
राष्ट्रपति भण्डारीले भन्नुभयो, “नेपालमा महिला विकासको विशेष कार्यक्रमहरु सञ्चालन भइरहेका छन्, तर पनि सोचअनुरुप उपलब्धि हासिल हुन सकेको छैन् ।” उहाँले नेपालमा राज्यको तीन प्रमुख निकायमा महिला हुनुु इतिहासको सुखद संयोग भएपनि यसलाई निरन्तरता दिने विषयमा चुनौती रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानले महिलाको आर्थिक अधिकारलाई समेत सुनिश्चित गरेको र सरकारले विकासको वृद्धि विकासका कार्यक्रमहरु निरन्तररुपमा सञ्चालन गर्नु महत्वपूर्ण कार्य भएको उल्लेख गर्नुभयो ।
उहाँले सरकारले साहसिक नेपाली नारी योगमायाको नाममा आयुर्वेदिक विश्वविद्यालय खोल्ने तयारी गर्नु, मङ्गलबारदेखि कपिलवस्तुमा सुरु भएको राष्ट्रपति उत्थान कार्यक्रमजस्ता कार्यक्रमले पनि महिलाको सम्मान गरेको आफूले अनुभव गरेको सुनाउनुभयो ।
राष्ट्रपति भण्डारीले स्थानीय निकायको निर्वाचन नहुँदा र आर्थिक पहुँचमा नहँुदा महिला पछि परेको हुँदा महिलाले उत्पादनमूलक काममा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा प्रधानन्यायाधीश सुशीला कार्कीले महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिकमा समानरुपमा अगाडि बढाउनुपर्ने र त्यसका लागि संविधानले दिएको हकअधिकारको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले महिलाको आर्थिक र सामाजिक विकासका लागि मन्त्रालयले विभिन्न खालका सीपमूलक तालिमहरुको सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।
सो अवसरमा समाजसेवी अम्बिका श्रेष्ठले महिला समानताका लागि महिलाको आर्थिकस्तर सुधारमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
प्रत्येक वर्ष मार्च ८ मा मनाउने अन्तर्राष्ट्रिय महिला दिवस जागरूकतासम्बन्धी दिवस हो । राजनीतिक तवरबाट सुरु भएतापनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानता आदि सवालहरूमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको हो ।
महिलाको हक अधिकारका साथै सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै विश्वव्यापी रूपमा यो दिवस बनाउने गरिन्छ ।
संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्मका लागि पारित गरेको दिगो विकासका लक्ष्यहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिदै यस वर्ष मनाउन लागेको अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘बदलिँदो परिवेशमा कामकाजी महिला ः सन् २०३० सम्म बराबरी पाइला’ भन्ने रहेको छ । यो वर्षको राष्ट्रिय नारा ‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ रहेको छ ।
संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले सन १९०९ फेब्रुवरी २८ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो । सो पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा सन् १९०९ फेब्रुवरी २८ का दिन महिला दिवस मनाउन थालियो । त्यहीबेला अमेरिकाको न्युयोर्क शहरबाट समान कामको समान ज्यालाको आन्दोलन सुरु भयो ।
सन् १९१० मा सोसलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा ग¥यो । त्यो सम्मेलनबाट अन्तर्राष्ट्रिय रूपमा मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालियो ।
Comments
अरु समाचार
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई बागमती प्रदेश सरकारद्वारा पुरस्कार प्रदान
काठमाडौं । संविधान दिवसको अवसरमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
सुख्खा पहिरोले महाकाली राजमार्ग अवरुद्ध
काठमाडौं । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा...