ताजा समाचार

डनको वर्गिकरणः मिलन चक्रे १ नम्बर, मनाङे १० औं

काठमाडौं । पछिल्लो समय राजधानीका गुण्डा उर्फ डन भनिनेहरु सलबलाउन थालेपछि प्रहरीले तिनीहरुको बर्गिकरण सुरु गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले १ सय ६१ जना गुण्डाको ३ पुस्ते नै संकलन गरिरहेको छ ।
प्रहरीका अनुसार अहिले राजधानीमा सक्रिय रहेको गुण्डाहरुलाई क, ख र ग श्रेणीमा विभाजन गरिएको छ । सक्रियता र अपराधिक गतिविधिमा संलग्नको आधारमा गरिएको वर्गिकरणको क वर्गमा मिलन चक्रे १ नम्बरमा छन् भने दिपक मनाङे १० औं नम्बरमा

क बर्गमा मिलन गुरुङ ‘चक्रे’, साजन महर्जन, तेजेन्द्र गुरुङ, राजु गोर्खाली, दावा लामा, गणेश लामा, समिरमानसिंह बस्नेत, बाघबहादुर लामा ‘बाघे’, सुजन पौडेल ‘रमेश बाहुन र दीपक मनाङे छन् ।

ख वर्गमा रिनझिन शेर्पा ‘रिङ्कीपिङ्की, निराजन पौडेल, राजेश महर्जन, मानबहादुर तामाङ, भीमराज घले, शोभित तामाङ, राज तामाङ, चन्द्र लामा, शुरेश महर्जन, तेजेन्द्र रायमाझी, निरज लामा, छिरिङ शेर्पा र राजु भण्डारी छन् ।
प्रहरीका अनुसार यी डनले कुनै अप्रिय गतिविधि गरेमा इन्काउण्टरसम्मको तयारीमा प्रहरी अधिकारीहरु रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org