दिल्लीमा यस्तो छ डा.भट्टराईको एकहप्ते कार्यक्रम
काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई मंगलबार दिल्ली पुगेका छन् । नयाँ पार्टी गठन गरेपछि पहिलोपटक भारत भ्रमणमा आएका पूर्वप्रधानमन्त्री भट्टराईको कार्यसूची इण्डिया फाउन्डेसनले आयोजना गरेको दिल्लीमा हुने ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा सम्बोधन गर्नेदेखि उच्च राजनीतिक भेटघाट तथा पार्टीका विभिन्न कार्यक्रमहरु रहेका छन् । इन्डिया फाउन्डेसनको कार्यक्रमा उनले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रुपमा आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भट्टराईको राजनीतिक भेटघाटको लागि दिल्लीस्थित नेपाली दूतावासले पहल गरिरहेको छ । उनले सत्तारुढ भारतीय जनता पार्टी तथा विपक्षी कङ्ग्रेसका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी केही भारतीय मन्त्रीहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
उनको भारत भ्रमणको उद्देश्य मुख्यत दुईवटा देखिन्छ । पहिलो, भारतमा नयाँ शक्तिको सँगठनलाई विस्तार गर्नु । दोस्रो, नयाँ पार्टीको स्थापनाको सन्दर्भमा भारतीय नेता तथा बुद्धिजिवीहरुसँगको सम्बन्धलाई पुनर्ताजगी गर्नु । भारतका नेता, नागरिक समाजका अगुवा, बुद्धिजिवी तथा अधिकारीहरुसँग भट्टराईको राम्रो सम्बन्ध रहेको छ ।
पछिल्लोपटक प्रधानमन्त्रीको रुपमा भट्टराई सन् २०११ मा भारतको भ्रमण गरेका थिए । यतिबेला नै उनले सन् १९५० को सन्धी पुनरावलोकनको लागि प्रबुद्ध समूह बनाउने प्रस्ताव भारतीय पक्षसँग राखेका थिए र त्यसमा भारतीय पक्ष सहमत भएको थियो । यसै मेलोमा उनले नयाँ पार्टी गठन गर्नुका उद्देश्यहरुबारेमा जानकारी गराउने छन् । उनले दिल्लीमा रहेका आफ्ना पुराना साथभाईहरुसँग समेत भेटघाट गर्ने छन् । पछिल्लो समय भारतसँगको सम्बन्धलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा पार्टीको नीति बनाउन तल्लीन छन् ।
१९ मार्चमा उनी नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गरेको नेपालीहरुसँगको अन्तर्क्रिया तथा भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । त्यसैगरी उनले २० मार्चमा पार्टीको आयोजनामा हुने दिल्लीमा रहेका नेपालीहरुसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने छन् ।
साथै उनले दिल्लीमा रहँदा भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजिवी, नागरिक समाजका अगुवाहरुसँग पनि भेटघाट गर्ने छन् तर त्यसको विस्तृत जानकारी दिइएको छैन् । एक हप्ता पछाडि भट्टराई मार्च २१ मा स्वदेश फर्कन कार्यक्रम रहेको छ ।
Comments
अरु समाचार
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...