ताजा समाचार

फोरम नेपालद्वारा सरकारको समर्थन फिर्ता भन्दै सभामुखलाई बुझाइयो पत्र

काठमाडौं २ चैत । मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समाजवादी फोरमले सभामुख ओनसरी घर्ती मगरमार्फत् वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो । फोरम संसदीय दलका नेता अशोक राइले हस्ताक्षर गरेको पत्र दलका प्रमुख सचेतक शिवजी यादवले बुधबार सभामुखलाई बुझाएका छन् । सरकारलाई दिएको समर्थन फिर्ताको पत्र थमाउँदै प्रमुख सचेतक यादवले मोर्चाका अन्य दलहरुले पनि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org