ताजा समाचार

सशस्त्र प्रहरी निरीक्षकः मधेशी सबै फेल !

काठमाडौं । सधैं अधिकार नपाएको भनेर आन्दोलन गर्ने मधेशी मोर्चा सक्रिय छ । तर, अधिकार पाएको स्थानमा पनि मधेशी युवा धमाधम फेल भइरहेका छन् । जसको पछिल्लो उदाहरण हो सशस्त्र प्रहरी बलमा एक जना पनि मधेशी युवा सशस्त्र प्रहरी निरीक्षकमा उतीर्ण हुन सकेनन् । सशस्त्रले माग गरेको ३६ जना निरीक्षक पदमा ५ जना मधेशीका लागि कोटा तोकिएको थियो । तर, लिखित परीक्षामा एक जना पनि उतीर्ण भएनन् ।
मधेशीसँगै दलितका २ वटा कोटामा पनि कोही उतीर्ण भएनन् । यस्तै महिलातर्फ ३ जनाको कोटामा १ जनामात्र उत्तीर्ण भए । पिछडिएको क्षेत्र तथा अमर÷अशक्त कोटामा एकजना पनि उत्तीर्ण नभएको बलले जनाएको छ । खुला तर्फ १९ जनामा १७ जनामात्र उतीर्ण भए ।
लोकसेवा आयोगले परीक्षा लिन थालेपछि निस्पक्ष परीक्षा भएको कारण सोर्सफोर्स नचल्दा मागअनुसार उतीर्ण नभएको आयोगका अधिकारीहरुको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org