ताजा समाचार

राजधानीका ४० वटा सडक बिस्तार हुँदै, एकै पटक डोजर चलाउने

काठमाडौं । राजधानीका ४० वटा सडक बिस्तार हुने भएको छ । सरकारले काठमाडौं महानगरपालिकालाई सडक बिस्तार गर्न ७४ करोड रुपैयाँ उपलब्ध गराएपछि सडक बिस्तारको काम अघि बढ्ने भएको हो । यसअघि सडक बिस्तारको काम ठप्प नै थियो । महानगरपालिका भित्रका २३ किलोमिटर साना सडक बिस्तार हुनेछन् । जसमा व्यक्तिले हड्पेर पूर्वाधार बनाएका खण्डमा डोजर चलाउने तयारी छ ।

महानगरपालिकाले ६० वटा सडकलाई विस्तारको सर्टलिष्टमा राखेको छ । जसमध्ये ४० वटा सडक विस्तारको काम तत्काल सुरु हुनेछ । महानगरपालिकाले ८ मिटरसम्मका सडक मिचेर बनाइएका संरचना हटाएर विस्तारको काम गर्ने गरेको छ । त्योभन्दा चौडा सडक विस्तारको काम काठमाडौं उपत्यका विकास प्राधिकरणले गर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org