ताजा समाचार

सेञ्चुरी बैंकले अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले हेटौंडामा केन्द्रीय कार्यालय रहेको अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्झौता ( मोमेन्ड्रम अफ अन्डरस्ट्याण्डिङ ) मा हस्ताक्षर गरेको छ ।

अल्पाइन डेभलपमेन्ट बैंकले आफ्नो पूँजीमा हकप्रद जारी गरी करिब रु. ४४ करोड पूँजी पु¥याएर समाहित हुनेछ । अल्पाइन डेभलपमेन्ट बैंकको हाल १५ वटा शाखाहरु संचालनमा रहेका छन् भने २०७३ पुस मसान्तमा रू. ५ करोड ५ लाख संचालन मुनाफा गर्न सफल भएको छ ।

सेञ्चुरी बैंकले यस अघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्स लि. लाई प्राप्ति गरिसकेकोे छ । सेञ्चुरी बैंकले चार संस्था प्राप्तिबाट करिब रु. २ अर्ब पूँजी प्राप्त गर्ने छ भने नपुग पूँजी हकप्रद शेयर ज।री गरेर तथा चालु आ.व.को मुनाफाबाट रु. ८ अर्ब पूँजी पु¥याउने लक्ष्य लिएको छ । यसैगरी सबै संस्थाहरु समाहित भए पश्चात् बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुने छन् ।

 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको चालू आ.व.को दोस्रो त्रैमासमा संचालन मुनाफा  रु. ३२ करोड ७४ लाख तथा खुद मुनाफा रु. २२ करोड ३९ लाख रहेको छ । बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशतले र यो वर्षको प्रथम त्रैमास भन्दा २०१.५० प्रतिशतले वृद्धि भएको छ । हाल सेञ्चुरी बैंकको चुक्ता  पूँजी रु. ३.६८ अर्व रहेको छ । त्यसैगरी, चालु आ.व.को दोस्रो त्रैमासमा बैंकले रु. ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी रु. २९ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org