ताजा समाचार

आइजीपी विवादः बहस हुँदै

काठमाडौं । नेपाल प्रहरीमा महानिरीक्षक ‘आइजीपी’ नियुक्तिको विवादमा परेको मुद्दामा आज बहस सुरु भएको छ ।

प्रधानन्यायाधीश सुशील कार्कीले आफ्नै नेतृत्वको पाँच सदस्यीय पूर्ण इजलास गठन गरेकी छन् । इजलासमा हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सदस्य छन् । मुद्दा गत बिहीबार नै न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासमा पेश भएको थियो ।

सरकारले आइजीपीमा बढुवा गरेका जयबहादुर चन्द भन्दा आफू बरिष्ठ भएको भन्दै डिआइजी नवराज सिलवालले सर्वाेच्चमा मुद्दा दायर गरेपछि एक महिनादेखि सर्वाेच्चमा यो मुद्दा बिचाराधिन छ । आज सम्भवतः फैसला हुने र त्यो पनि चन्दका पक्षमा हुने केही न्यायाधीश र कानुन व्यवसायीहरुले बताउँदै आएका छन् । ‘अपह्रान्न ५ बजेभित्र सम्भवतः फैसला हुन्छ ।’ एक कानुन व्यवसायीले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org