ताजा समाचार

काँग्रेस र मधेशी दलबीच सरकार निमार्णको तयारी: बिजुक्छें

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपाली काँग्रेस र मधेशी दलबीच सत्ता समिकरण हुन सक्ने बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले अबको सत्ता समिकरणमा एमाले र एमाओवादी एकातर्फ हुने भन्दै नेपाली काँग्रेस र मधेशी दलबीच सत्ताको समिकरण देखा पर्ने बताएका हुन् । स्थानीय तहको निर्वाचनमा बैदशिक हस्तक्षेप नभए नेपालीको चाहनाअनुरुप तोकिएको मितिमा हुने भन्दै उनले निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भएता पनि सम्भव भएका स्थानमा निर्वाचन गरिनु पर्ने र बाँकी रहेको स्थानमा पछि निर्वाचन गर्न सकिने उनको भनाइ छ ।
निर्वाचन आयोगले आचारसंहिता जारी गरेता पनि ठूला दलले त्यसको पालना नगरेको भन्दै आचारसंहिता लागू गर्ने तर्फ निर्वाचन आयोगको ध्यान जानु पर्नेमा उनको जोड थियो । सरकारमा सामेल दलदेखि प्रतिपक्षले बिभिन्न बहानामा आचारसंहिता उल्लंघन गर्दासमेत निर्वाचन आयोगले केही गर्न नसकेको अध्यक्ष बिजुक्छेले टिप्पणी गरे ।
निर्वाचनको मुखमा जसरी स्थानीय निकायमा निर्वाचन अधिकृत खटाउने तयारी भएको छ, यसमा ठूलो मात्रामा आर्थिक चलखेल भएको भन्दै बिदेशी वा सत्तामा सामेल दलले नै आफूले लाभ लिन आर्थिक चलखेल गरेको उनको आरोप छ ।
सत्तामा सामेल भएको राप्रपाले सत्ताको दुरुपयोग गर्दै निर्वाचन आयोगको काममा प्रभाव पर्ने गरि सत्ता छाड्ने धम्कीपूर्ण भाषा प्रयोग गर्नु गलत भएको भन्दै सरकारले निर्वाचन आयोगलाई प्रभावमा झेल्ने भन्दा पनि स्वतन्त्रपूर्ण निर्वाचन आयोगलाई काम गर्न दिनु पर्ने उनले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org