ताजा समाचार

आइजीपी बिबादः समयअभावले मुद्दा हेर्दा हेर्दैमा

काठमाडौं । प्रहरी महानिरीक्षक ‘आइजीपी’ नियुक्तिको विषयमा परेको मुद्दामा निवेदकको तर्फका अधिवक्ताहरु, कपिलदेव ढकाल, डा चन्द्रकान्त ज्ञवाली, ओमप्रकाश अर्याल, बद्रीबहादुर कार्की, अच्युतराज बुढाथोकी, डा भिमार्जुन आचार्य, बालकृष्ण नेउपाने, तुलसी भट्ट, बाबुराम कुँवर, शम्भु थापा, हरी फुयाल, मेघराज काफ्ले र गोविन्द बन्दीसमेत १४ जना अधिवक्ताले बहस गरे ।

बिपक्षी नेपाल सरकारको तर्फबाट महान्यायाधिवक्ता कार्यालयका दुई सह–महान्यायाधिवक्ता र आइजीपीमा बढुवा भएका जयबहादुर चन्दतर्फका अधिवक्ताहरुको बहस बाँकी रहेको छ । समयअभावका कारण हेर्दाहेर्दैमा मुद्दा राखेर भोलि पुनः सुनुवाई हुने हुनेछ ।
सर्वोच्च अदालतकी प्रधान न्यायाधीश सुशिला कार्कीसमेत ५ जना न्यायाधीशको बेञ्चमा मुद्दाको सुनुवाई सुरु भएको हो ।
सरकारका कानूनी सल्लाहकारका रूपमा चिनिने महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले प्रहरी प्रमुखको बढुवा विवादसम्बन्धी रिट सुनुवाइ गर्न सर्वोच्च अदालतमा गठन भएको इजलासप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले आपत्तिमात्र जनाएनन् उनी बहसमा गएनन् । उनले सहन्यायाधिवक्ता र उपन्यायाधिवक्तालाई बहसमा पठाए ।
प्रहरी प्रमुखको बढुवासम्बन्धी रिट पूर्ण इजलासबाट सुनुवाइ हुनुपर्ने ठहरसहित गठन भएको इजलासमा प्रधानन्यायाधीश कार्की, सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् ।

आइजीपी बढुवा विवादमा यसअघि आदेश दिइसकेका न्यायाधीशहरू नै पूर्ण इजलासमा दोहोरिएकाले त्यसबाट निष्पक्ष न्याय सम्पादनमा प्रश्न उठ्ने महान्यायाधिवक्ता श्रेष्ठको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org