ताजा समाचार

आईजीपी विवाद : आज फैसला हुँदै

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक ‘आईजीपी’ नियुक्तिको विषयमा परेको मुद्दामा आज फैसला हुँदैछ । सर्वाेच्च स्रोतका अनुसार सरकारले गरेको निर्णय उल्टिने सम्भावना बढी छ । सरकारले डिआजी जयबहादुर चन्दलाई आइजीपीमा बढुवा गरेको थियो ।

हिजो प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासमा भएको बहसमा सरकारी वकिलको तर्फबाट दुई उपमहान्यायाधिवत्ता टीकेन्द्र दाहाल र रेवती त्रिपाठीले बहस गरेका थिए ।

रिट निवेदन कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालका वकिलले आइतबार नै बहस गरेका थिए । सिलवालका तर्फबाट बद्रीबहादुर कार्की, तुलसी भट्ट, डा भीमार्जुन आचार्य र टिकाराम भट्टराईले बहस गरेका थिए ।

सरकारले गत फागुन १ गते डीआजी चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org