ताजा समाचार

स्थानीय निर्वाचन : गाडी खरिद गर्न ४ अर्ब माग

काठमाडौं आगामी बैशाख ३१ गते निर्वाचन हुने या नहुने टुंगो भइसकेको छैन । तर, निर्वाचनका लागि सवारी साधन खरिद गर्न भन्दै गृह मन्त्रालयले ४ अर्ब रूपैयाँ माग गरेको छ। स्थानीय तह निर्वाचन सुरक्षा दृष्टिकोणले चुनौतिपूर्ण रहेको भन्दै गृहले दुई साताअघि अर्थ मन्त्रालयसँग ३१ अर्ब रुपैयाँ बजेट मागेको थियो । आगामी चुनावका लागि करिब एक हजार पाँच सय संख्यामा सवारी साधन खरिद गर्नुपर्ने प्रस्ताव गृहबाट आएको हो । अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने ‘यसका लागि ४ अर्ब रुपैयाँ माग गरिएको छ तर दिने या नदिने टुंगो भइसकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org