ताजा समाचार

मुसहर बस्ती निर्माणका लागि १ करोड अभाव,धुर्मुस–सुन्तली दाता पर्खंदै

काठमाडौं । बर्दिवासमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि एक करोडभन्दा बढी रकमअभाव देखिएको छ। बर्दिवास– १० मा निर्माणाधीन सो बस्तीको ७२ दिनको अवधिमा ८० प्रतिशत निर्माण सम्पन्न भएको र अब पूर्ण रुपमा तयार हुन एक करोड ३० लाख रुपैयाँअभाव भएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए । उनका अनुसार सहयोगी हातहरु निरन्तर प्राप्त भइरहेकाले रकम जुट्नेछ । कूल ४ करोड ७८ लाखको लागतमा निर्माण हुने यो बस्ती आगामी बैशाख १ मा मुसहरलाई हस्तान्तरण गर्ने योजना छ । बस्तीका घरमा छाना, रङ्गरोगन, शौचालय, झ्याल तथा ढोका, खानेपानी, विद्युत र धारा जडान, घरको अन्तिम प्लास्टर, दृश्यस्तम्भ, बस्तीभित्रको सडकको पिसिसी ढलानजस्ता काम तीव्र गतिमा भइरहेको फाउन्डेसनका परियोजना व्यवस्थापक अर्जुन न्यौपानेले बताए। एक सय दिनमा बस्ती निर्माणको काम सम्पन्न गरी मुसहर समुदायलाई हस्तान्तरण गर्ने योजनानुसार बस्तीको २० प्रतिशत काम बाँकी छ भने फाउन्डेसनसँग अब २४ दिन मात्र बाँकी रहेको छ । गत पुस २५ गते मह जोडीद्वारा शिलान्यास भई तीव्र गतिमा निर्माणाधीन बस्ती निर्माणमा पछिल्ला दुई महिनायता दिनहुँ तीन सय जनाले परिश्रम गरिरहेका छन् ।

 

यो पनि पढ्नुहोस् ।  

http://news-nepal.com/%E0%A4%A7%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A5%81%E0%A4%B8-%E0%A4%B8%E0%A5%81%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B2%E0%A5%80%E0%A4%B2%E0%A5%87-%E0%A4%AF%E0%A4%B8%E0%A4%B0%E0%A5%80-%E0%A4%AC/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org