चन्दलाई आईजीपीमा बढुवा गर्ने निर्णय सर्वोच्च अदालतद्वारा बदर
काठमाडौं । सर्वाेच्च अदालतले प्रहरी महानिरीक्षक (आइजीपी) मा डिआइजी जयबहादुर चन्दलाई बढुवा गरेको निर्णय बदर गरेको छ । प्रधान न्यायाधीश सुशिला कार्कीको पूर्ण इजलासमा गत आइतबार र सोमबार भएको बहसपछि सर्वाेच्चले अहिले अपह्रान्न ५ बजे निर्णय सुनाउँदै चन्दलाई बढुवा गरेको सरकारको निर्णय बदर गरेको हो । सर्वाेच्चले प्रहरी अधिकारीमध्ये योग्यतमलाई आइजीपी बनाउन निर्देशन दिएको छ ।
सर्वाेच्चले वरिष्ठतम्, योग्य र कार्यसम्पादन मूल्याङ्कनसमेतका आधारमा योग्यतमलाई आइजीपीमा बढुवा गर्न परामाधेश जारी गरेको छ ।
सर्वाेच्च अदालतले सरकारले गरेको निर्णय बदर गरेलगत्तै सर्वाेच्च अदालतप्रतिको आस्थामा गिरावट आएको छ । कार्यकारी सरकारले ४ जना डिआइजीमध्येबाट योग्य ठानेर डिआइजी जयबहादुर चन्दलाई आइजीपीमा बढुवा गरेको थियो ।
सर्वाेच्चमा एक महिनाअघिदेखि बहस सुरु भएर आज भएको फैसला त्रुटीपूर्ण भएको एक कानुन व्यवसायीले बताए । उच्च अदालतका एक न्यायाधीशका अनुसार अब पुनः सरकारले चन्द, नवराज सिलवाल, प्रकाश अर्याल र बमबहादुर भण्डारीमध्येबाट एक जनालाई पुनः आइजीपीमा बढुवा गर्नेछ । ‘अब सरकारले फेरि चन्दलाई नै आइजीपीमा बढुवा गर्न सक्छ, कार्यकारी सरकारले गरेको निर्णय बदर नहुनु पर्नेमा भएको छ, यसले न्यायालयको साख गिरेको छ ।’ ती न्यायाधीशले न्युज–नेपालसँग भने ।
स्रोतहरुका अनुसार अब बस्ने मन्त्रीपरिषद् बैठकले आइजीपीको बढुवा गर्ने छ । जसमा नवराज सिलवालको बढुवा नहुन सक्छ भने सरकारले पुनः चन्दलाई नै आइजीपीमा बढुवा गर्ने सम्भावना पनि छ ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...