ताजा समाचार

चन्दलाई आईजीपीमा बढुवा गर्ने निर्णय सर्वोच्च अदालतद्वारा बदर

काठमाडौं । सर्वाेच्च अदालतले प्रहरी महानिरीक्षक (आइजीपी) मा डिआइजी जयबहादुर चन्दलाई बढुवा गरेको निर्णय बदर गरेको छ । प्रधान न्यायाधीश सुशिला कार्कीको पूर्ण इजलासमा गत आइतबार र सोमबार भएको बहसपछि सर्वाेच्चले अहिले अपह्रान्न ५ बजे निर्णय सुनाउँदै चन्दलाई बढुवा गरेको सरकारको निर्णय बदर गरेको हो ।  सर्वाेच्चले प्रहरी अधिकारीमध्ये योग्यतमलाई आइजीपी बनाउन निर्देशन दिएको छ ।

सर्वाेच्चले वरिष्ठतम्, योग्य र कार्यसम्पादन मूल्याङ्कनसमेतका आधारमा योग्यतमलाई आइजीपीमा बढुवा गर्न परामाधेश जारी गरेको छ ।
सर्वाेच्च अदालतले सरकारले गरेको निर्णय बदर गरेलगत्तै सर्वाेच्च अदालतप्रतिको आस्थामा गिरावट आएको छ । कार्यकारी सरकारले ४ जना डिआइजीमध्येबाट योग्य ठानेर डिआइजी जयबहादुर चन्दलाई आइजीपीमा बढुवा गरेको थियो ।
सर्वाेच्चमा एक महिनाअघिदेखि बहस सुरु भएर आज भएको फैसला त्रुटीपूर्ण भएको एक कानुन व्यवसायीले बताए । उच्च अदालतका एक न्यायाधीशका अनुसार अब पुनः सरकारले चन्द, नवराज सिलवाल, प्रकाश अर्याल र बमबहादुर भण्डारीमध्येबाट एक जनालाई पुनः आइजीपीमा बढुवा गर्नेछ । ‘अब सरकारले फेरि चन्दलाई नै आइजीपीमा बढुवा गर्न सक्छ, कार्यकारी सरकारले गरेको निर्णय बदर नहुनु पर्नेमा भएको छ, यसले न्यायालयको साख गिरेको छ ।’ ती न्यायाधीशले न्युज–नेपालसँग भने ।
स्रोतहरुका अनुसार अब बस्ने मन्त्रीपरिषद् बैठकले आइजीपीको बढुवा गर्ने छ । जसमा नवराज सिलवालको बढुवा नहुन सक्छ भने सरकारले पुनः चन्दलाई नै आइजीपीमा बढुवा गर्ने सम्भावना पनि छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org