भारतीय सेना छोडेर कुखुरापालनमा रमाए पुन
काठमाडौं । आजभोलि हामीहरुलाई देशमा हैन बिदेशमा बसेर पैसा कमाउने र रमाइलो गर्ने रहरले गाँजेको छ । दैनिक नेपाली करिव २ हजारको संख्यामा खाडी मुलुकदेखि अन्य देशमा रोजगारी वा अन्य कारण देखाउँदै जाने गरिरहेका छन् । देशमा सरकारले सार्वजनिक गर्ने बजेटकै हाराहारीमा ‘रेमिटेन्स’ पनि भित्रने गरेको छ ।
बिदेशको यस्तो मोहबीच एक जना व्यक्ति भने भारतीय सेनाको जागिर छोडेर इराकदेखि हङकङसम्म पुगे । तर, उनी त्यहाँ रमाउन सकेनन् र फर्किए स्वदेश । अहिले ती व्यक्ति ५३ वर्ष पुगे र पनि व्यवसायमा सक्रिय उनी बिदेशमा बसेर कमाउनु भन्दा देशमै केही गर्ने भनेर फर्किएका छन् । उनी हुन् दलु पुन ।
पुन हाल काठमाडौंको स्युचाटारमा बस्छन् । पुनका एक छोराले स्नातक उतीर्ण गरिसकेका छन् भने एक छोरा र एक छोरी बैदेशिक रोजगारीका लागि दुवै मुलुक पुगेका छन् ।
उनी७ वर्षदेखि कुखुरा फारम सञ्चालन गर्दै आइरहेका छन् । ‘पहिला म इन्डियन आर्मी थिएँ, जागिर छोडेर हङकङ गएँ, इराकलगाएतका देशहरुपनि गए ।’ उनले भने ।
उनी कति विदेशमै बस्ने नेपालमै गएर केही व्यवसाय गर्नुपछर्, भन्ने लागेर नेपाल फर्किएको बताउँछन् । ‘कता र कुन पेशा रोजौं भन्ने भइरहेको बेला म चितवनमा थिएँ, त्यो बेला त्यहाँ मेरा मित्रहरुले मलाई यो गर राम्रो छ, भन्ने सल्लाह दिएपछि म यो पेशामा लागें ।’ उनले न्युज–नेपालसँग भने ।
सुरुमा उनले कुखुरा फारम सुरु गर्दा कुखुरालाई खुवाउने दाना, औषधिलगाएतका खर्चमै १२ लाख जति लगानी भएको उनले विगत संझिए । ‘एक हजार कुखुराका चल्ला राखेर मैले सुरुमा फारमखोलेको थिए, अहिले मेरो फारममा५ हजार कुखुरा छन् ।’ उनी भन्छन्, ‘चल्ला त म बालाजुबाट ल्याउँछु । फाइदा त हुन्छ तर महिना/महिनामा अरु पेशा जस्तो पैसा आइहाल्दैन, कुखुराका ‘अण्डा’ बेचेर पैसा हात लाग्न ५ महिना कुर्नुपर्छ ।’
त्यसपछि भने मनग्गे फाइदा हुने उनको भनाइ छ । पुनले सञ्चालन गरेको फारमबाट कुखुराको मासु बिक्री हुन्न । उनले कुखुरापालन मासुका लागि होइन, अण्डा बिक्री गर्न सुरु गरेका हुन् । उनको फारमबाट एक ‘लट’ मा १२ देखि १५ लाख रुपैयाँ फाइदा हुने उनले सगौरव सुनाए । उनले भने, ‘म बिदेशमा बसेर महिनामा बढीमा १ लाख कमाउथें, यहाँ ५ महिनामै १५ लाख रुपैयाँसम्म कमाउने भएँ ।’
Comments
अरु समाचार
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
प्लास्टिकविरुद्ध पृथ्वी अभियानमा ग्लोबल आइएमई बैंकको ऐक्यबद्धता, खपत कम गर्ने
काठमाडाैं । प्लास्टिकको खपत कम गरिने ग्लोबल आइएमई बैंकले 'प्ल्यानेट भर्सेस प्लास्टिक' (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्। बिहीबार काठमाडौंमा...
-
नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
आईएमई ग्रुप र पीटी पीएलएन नुसन्तराबीच साझेदारी, ऊर्जा परियोजना सम्झौतामा हस्ताक्षर
काठमाडाैं । आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई...