ताजा समाचार

स्थानीय तहको निर्वाचनका लागि २५१ मतदान केन्द्र निर्धारण

त्रिशूली, १२ चैत । स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा २५१ मतदान केन्द्र र १२८ मतदान स्थल प्रस्ताव गरिएको छ ।

जिल्लास्थित मतदान केन्द्र र स्थल सिफारिस समितिको बैठकले जिल्लामा उक्त परिमाणको मतदान स्थल र मतदान केन्द्र प्रस्ताव गरी स्वीकृतका लागी निर्वाचन आयोगमा पठाएको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिनुभयो ।
यसअघिको दोश्रो संबिधानसभाको निर्वाचनमा जिल्लामा ११५ मतदान स्थल र २३० मतदान केन्द्र रहेको थियो ।

बैशाख ३१ गते हुने भनिएको स्थानीयतहको निर्वाचनका लागि जिल्लामा १ लाख ८९ हजार ५ सय ९० जना मतदाता रहेका छन् । दोश्रो संबिधानसभाको निर्वाचनमा जिल्लामा १ लाख ५४ हजार ९ सय ९० जना रहेकोमा तीन वर्षको अवधिमा ३४ हजार ६ सय नयाँ मतदाता थप भएको निर्वाचन कार्यालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org