ताजा समाचार

पूर्वी र मध्य नेपालमा वर्षा, आकाश खुल्न दुई-तीन दिन लाग्ने

चैत १६ , काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित पूर्वी र मध्य नेपालका अधिकांश क्षेत्रमा मौसम बदली भएको छ । दुई(तीन दिन आकाश नखुल्ने र खुले पनि पूरै नखुल्ने मौसमविदहरुको पूर्वानुमान छ ।
मौसमविद मीनकुमार अर्याललेका अनुसार , ‘निम्न चापिय रेखा र बंगालको खाडीको जलवाष्पयुक्त हावाका कारण मध्य र पूर्विभाग बदलीको अवस्था छ । मध्य क्षेत्रमा आज दिउँसोतिर आकाश केही खुले पनि पूर्वमा भने रातिसम्मै नखुल्ने देखिएको छ । मौसमविद अर्यालले , पूरै मौसम सफा हुन अझै केहि दिन लाग्ने अनुमान गरिएको बताए । ‘पूरै आकाश खुल्दैन । खुलिहाले पनि एकैछिन मात्रै खुल्छ,’ अर्यालले भने, ‘दुई(तीन दिनसम्म यस्तै हुन्छ ।’ उनले मध्य र पूर्वको तुलनामा पश्चिमी क्षेत्रमा कम बदली भएको जानकारी दिए ।

मौसम बदलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरणमा समस्या भएको छैन । अर्यालका अनुसार , ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेक्टर भिजिबिलिटीको अवस्था छ । कतै खुलेको, कतै नखुलेको भए पनि पूरै नखुलेको अवस्था भने छैन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org