ताजा समाचार

प्रहरीले लुट्यो न्युरोडबाट ५५ तोला सुन !

काठमाडौं । काठमाडौंमा न्युरोडमा रहेको सुन पसलबाट प्रहरीले नै ५५ तोला सुन लुटेका छन्। न्युरोड मरुहिटीस्थित प्रेम रत्न शाक्यको घरमा सुन पसल संचालन गर्दै आएका भारतीय नागरिक शिव माइतीको पसलबाट प्रहरीले नै ५५ तोला सुन लुटेका हुन्। सोह्रखुट्टे प्रहरीका हवल्दार अजय गुरुङ, बलहादुर थापा मगर, नबिन ढकाल लगायतका ६ जनाले सुन लुटेको  स्रोतले बताएको छ ।

थापा मगर र ढकाल फरार छन् भने गुरुङलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। गुरुङ भ्यान चालक हुन भने ढकाल लेखा शाखामा काम गर्ने प्रहरी हुन्। गत शुक्रबार राती पेस्तोल देखाएर उनीहरुले सुन लुटेका थिए।

प्रहरी बर्दी लगाएर सुन लुट्ने कार्यमा प्रहरीको सम्लग्नता देखिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।

अपराधीको कुनै जात, धर्म, भुगोल नहुने भन्दै एसएसपी अमात्यले प्रहरी नै लुटपाटमा सम्लग्न भएकोप्रति चिन्ता ब्यक्त गरे।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org