ताजा समाचार

निर्वाचन आयोग घेर्न गएका डा.बाबुराम भट्टराई पक्राउ

काठमाडौं । निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई पक्राउ परेका छन् ।
प्रहरीले भट्टराईसँगै हिसिला यमी, परशुराम तामाङ, गंगा चौधरीका साथै बैद्य माओवादीका नेता सीपी गजुरेल लगायतलाई पनि पक्राउ गरेको छ ।

दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय बहादुरभवनमा धर्ना दिन पुगेका थिए । भट्टराईसहितका नेताहरु जुलसससहित अयोगतर्फ अघि बढेका प्रहरीले पक्राउ गरेको हो ।

 

उनीहरुलाई ट्रकमा हालेर अहिले प्रहरी कार्यालयतर्फ लगिएको नयाँ शक्तिका नेता विश्वदीप पाण्डले बताए । नेताहरुलाई अहिले नेपाल प्रहरी २ नं. गण, महाराजगञ्जमा राखिएको छ ।

त्यस्तै  निर्वाचन आयोग अगाडि धर्नामा बसेका बेला पक्राउ परेका संयोजक भट्टराईले महेन्द्र पुलिस क्लवमा धर्ना सुरु गरेका छन् । भट्टराईससहित सांसद गंगा चौधरी, नेताहरु सीपी गजुरेल, परशुराम तामाङ, रामकुमार शर्मालगायतका नेताहरुले नेपाल पुलिस क्लबभित्रै धर्ना सुरु गरेका हुन् ।

संविधानको धारा २६९ (७०) र (७१)  मा भएको दलहरुले दलीय पहिचानको आधारमा चुनाव चिन्ह पाउनुपर्ने प्रावधानविपरीत स्थानीय तह निर्वाचन ऐन २०७३ ले नयाँ दलहरुलाई दलीय चुनाव चिन्हबाट बञ्चिन गरेको भन्दै नयाँ शक्तिलगायतका साना दल आन्दोलित छन् । निर्वाचन आयोगले भने संसदमा प्रतिनिधित्व गर्ने २६ दललाई मात्रै आफ्नै चुनाव चिन्ह दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org