निर्वाचनमा सुरक्षा र विपत् व्यवस्थापनको तयारी गर्न माग
काठमाडौँ, २१ चैत । आसन्न स्थानीय तहको निर्वाचनमा सुरक्षा र विपत् व्यवस्थापनको आवश्यक तयारी हुन नसकेकोमा सरोकारवाला चिन्ता व्यक्त गरेका छन् ।
पूर्वप्रहरी कर्मचारी परिषद्द्वारा आइतबार आयोजित कार्यक्रममा पूर्व प्रशासक, सुरक्षाविद्लगायतले स्थानीय चुनावमा स–साना राजनीतिक विषयमा पनि झैझगडा हुनसक्ने हुँदा मुलुकको सीमा र सार्वभौमिकता रक्षा तथा नागरिकको सुरक्षामा संवेदनशील हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीले विगतको अनुभव तथा विभिन्न मुलुकका अभ्यासलाई अवलम्बन गरी निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउनुपर्ने बताउनुभयो ।
पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले लोकतन्त्रलाई जीवन्तता दिने तथा मुलुकलाई निरङ्कुशतातर्फ जानबाट रोक्ने विधि भनेको आवधिक निर्वाचन हो भन्दै सरकार तथा राजनीतिक दल निर्वाचनका लागि सकारात्मक भई अगाडि बढेको अवस्थामा सबै क्षेत्रले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वगृहसचिव अनन्तराज पाण्डेले निर्वाचनका लागि आवश्यक उपकरण तथा कस्तो सुरक्षा व्यवस्थाको आवश्यक छ, त्यसकाबारेमा भएका चुनौती समयमै सरकारलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।
पूर्वप्रहरी वरिष्ठ उपरीक्षक डा चूडाबहादुर श्रेष्ठले निर्वाचनमा खटिने निजामती कर्मचारी र सुरक्षाकर्मीबीच समन्वय गर्नुपर्नेमा जोडदिँदै सीमावर्ती इलाकामा कडाइ गरी घटनाको विश्लेषणका आधारमा सुरक्षा व्यवस्था अपनाउनुपर्ने सुझाव दिनुभयो ।
सहसचिव श्यामसुन्दर शर्माले निर्वाचन ठूलो र महत्वपूर्ण घटना भएकाले सुरक्षाको अनुभूति र भरपर्दो सुरक्षा व्यवस्था आवश्यक रहेको औँल्याउनुभयो ।
पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवाल, पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंह, पूर्वप्रहरी नायब महानिरीक्षक डा कुलेश थापा र ठाकुरमोहन श्रेष्ठ तथा सञ्चारकर्मी कृष्णमुरारी भण्डारी र अश्विन पुडासैनीलगायतले जनताको अधिकारलाई विकेन्द्रीकृत गर्ने अवसरका रुपमा चुनावलाई लिनुपर्ने बताउँदै गैरआवासीय नेपाली तथा चुनावमा खटिने शिक्षक, कर्मचारी र सुरक्षा निकायलाई पनि मतदानको अधिकारको व्यवस्था गराइनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
पूर्व प्रहरी कर्मचारी परिषद्का अध्यक्ष रमेशबहादुर श्रेष्ठले निष्पक्ष चुनाव सम्पन्न गर्नका लागि नागरिक समाज, प्रबुद्ध समूह, सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गर्नुभयो । रासस
Comments
अरु समाचार
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...