टर्कीमा भएको प्रदर्शनबाट एक लाख भन्दा बढी पक्राउ
अन्कारा, २१ चैत । टर्कीका गृहमन्त्री सुलेमन सोयलुले टर्कीमा भएको प्रदर्शनमा एक लाख १३ हजार २६० जना पक्राउ परेको जानकारी दिनुभएको छ ।
सन् २०१६ को जुलाईदेखि अहिलेसम्म भएको गलेन आन्दोलनका क्रममा उनीहरु पक्राउ परेको उहाँले आइतबार जानकारी दिनुभयो ।
पक्राउ परेका मध्ये १० हजार ७३२ जना प्रहरी अधिकृत, सात हजार ६४३ जना सैनिक सिपाही, १६८ जना सैनिक जर्नेल, दुई हजार ५७५ जना न्यायधीश तथा न्यायधिक्ताहरु, २६ हजार १७७ जना आम नागरिक र २०८ जना स्थानीय प्रशासक रहेको उहाँले स्थानीय एक टेलिभिजनलाई दिएको अन्तवार्तामा बताउनुभयो ।
गृहमन्त्री सोयलुका अनुसार पक्राउ परेका २३ हजार ८६१ जनालाई हिरासतमुक्त गरिएको छ भने ८६३ जना अझै पनि फरार रहेका छन् ।
अमेरिकाको समर्थन पाएका फेथुल्लाह गलेनले सन् २०१६ को जुलाई १५ मा कु गर्ने असफल प्रयास गरेको टर्की सरकारले आरोप लगाएको छ । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...