ताजा समाचार

मधेसबाट चुनाव लड्न तयार छुः अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू मधेसका जुनसुकै जिल्लाबाट पनि चुनाव लड्न तयार रहेको बताएका छन् ।
आज पार्टी कार्यलय धुम्बराहीमा मधेशी जातीय समन्वय समाजकोे ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले आफुलाई मधेसमा चुनाव लड्न कुनै समस्या नहुने बताएका हुन् । यद्यपी उनले त्यसका लागि मधेसी मोर्चाले निषेधको राजनीति त्याग्नु पर्ने र एमालेमाथि अवरोध हुन नुहने उनको जोड थियो ।
ओलीले मधेसका समस्या समाधान गर्न आफू तयार रहेको भन्दै अन्यायमा परेकाहरुलाई न्याय दिलाउने पक्षमा आफु सदैव तयार रहेपनि केही नेता तथा दलहरुले आफू र आफ्नो पार्टीमाथि अनावाश्यक अरोप लगाउने गरेको बताएका थिए । उनले मधेसी मोर्चालाई आफूलाई साथ दिन आग्रह समेत गरे ।
समाजले बुझाएको ज्ञापनपत्रमा १० बुँदे माग अघि सारिएको छ । जसमा संविधानप्रति असन्तुष्ट रहेका मधेसी थारु, मुस्लिमलगायतको मागसम्बोधन गरेर मात्र स्थानीय चुनाव गर्नुपर्ने उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org