‘नेपाल र भारतबीचको सम्बन्ध सुधारमा पत्रकारिताको भूमिका सकारात्मक’
काठमाडौँ, २१ चैत । नेपाल र भारतबीचको राजनीतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढीकरणका लागि दुवै देशका सञ्चार क्षेत्रले सकारात्मक भूकिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।
भारतको मखनलाल चतुर्वेदी पत्रकारिता तथा आम सञ्चार राष्ट्रिय विश्वविद्यालयले यहाँ आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध प्रवद्र्धनमा मिडियाको भूमिका’ विषयक दुईदिने सम्मेलनका क्रममा सहभागीले नेपाल सानो भए पनि प्राकृतिक र सांस्कृतिक वैभवयुक्त र भारत उदाउँदो अर्थतन्त्रको मुलुक भएकाले आपसी सम्बन्ध सुदृढीकरणमा योगदान पुग्ने बताए ।
सम्मेलनको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दुई देशबीचमा राजनीतिक तथा जनता–जनताबीचको सम्बन्ध सुधारका लागि पत्रकारिताले चासो देखाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “संसारमा कुनै त्यस्तो देश हुँदैन, जहाँ राजनीतिको लगामबिना अर्थतन्त्रको घोडा दौडिएको होस्, त्यसैले राजनीतिक स्थिति सबल बनाउन सञ्चार क्षेत्रले सहयोग गर्नुपर्छ ।”
सो अवसरमा भारत उत्तराखण्ड राज्यका पूर्वसांसद तथा पत्रकार तरुण विजयले गोर्खाली वीरताबाट विश्वमा चिनिएका नेपाल आफूहरुका लागि वैभवयुक्त र माइती देश लाग्ने भएकाले यहाँबाट सिक्न सकिने विषय धेरै भएको उल्लेख गर्नुभयो ।
उहाँले नेपाली सञ्चारमाध्यमले भारतको अन्तर्राष्ट्रिय विकाससम्बन्धी समाचारलाई त्यति महत्व नदिएको गुनासो पनि गर्नुभयो ।
कूटनीतिज्ञ डा जयराज आचार्यले नेपाललाई हिन्दू राष्ट्र बनाउन अधिकांश नेपाली जनताले संविधानसभालाई सुझाव दिए पनि संविधानमा धर्म निरपेक्ष राज्य बनाइएकाले यहाँका जनता र भारतीय जनतामा पनि त्यसबारे समान चासो पाइएको बताउनुभयो ।
सो विश्वविद्यालयका उपकुलपति बिके कुथौलाले आफ्नो विश्वविद्यालयले भारत र अन्य देशमा पनि पत्रकारितासम्बन्धी छलफल र अध्ययनका क्रममा नेपालमा कार्यक्रम आयोजना गरेको स्पष्ट पार्नुभयो ।
सम्मेलनको एक सहयोगी संस्था काठमाडौँ विश्वविद्यालयका पत्रकारिताका अध्यापक डा निर्मलमणि अधिकारीले नेपाल र भारतबीचका समानता र असमझदारीका मुद्दामा पत्रकारिताका आयमबाट विज्ञबीच छलफल गरिने बताउनुभयो । रासस
Comments
अरु समाचार
-
बाढी-पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ९९ पुग्यो, ७२ बेपत्ता
काठमाडौं । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ । यो विपदमा समाचार...
-
आजको राशिफलः २०८१साल असोज १३ गते आइतवार
मेषः स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ। व्यवसायमा...
-
विपद्जन्य सूचनाहरू हेलो सरकारको ह्वाट्सएप नम्बरमा जानकारी दिन आग्रह
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै पनि ठाउँमा बाढी, पहिरो र डुबानका कारण समस्या भएमा खबर गर्न सर्वसाधारणमा आग्रह...
-
अपडेट: बाढी, पहिरो र डुबानमा परेर ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता
काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ८७ जनाको मृत्यु भएको छ । सशस्त्र...
-
पहिरोमा पुरिएका दुई बसबाट १४ जनाको शव निकालियो, अरु पनि पुरिएको आशंका
काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा...
-
अपडेट: वर्षा सँगैको बाढीपहिरोका कारण नौ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ९ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपदमा परी...
-
पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन, २ जनाको मृत्यु
काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै...
-
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो,
काठमाडौं । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच...
-
पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले शुक्रबार बिहानदेखि...