ताजा समाचार

‘युरो ४’ मापदण्डको इन्धन विक्री-वितरण सुरु

काठमाडौं । नेपाल आयाल निगमले आजदेखि मुलुकभर यूरोफोर गुणस्तरको पेट्रोल विक्री वितरण गरेको छ । काठमाडौं उपत्यकामा हिजैदेखि युरोफोर गुणस्तरको पेट्रोल विक्री गर्दै आएको निगमले आजदेखि चितवन, नेपालगञ्ज, विराटनर, धनगढी, भैरहवा लगायतका मुख्य शहरमा पनि सोही गुणस्तरको पेट्रोल विक्री गरेको हो ।
आजदेखि यातायात सहज भएका सवै स्थानमा यूरोफोर गुणस्तरको पेट्रोल विक्री भएको निगमका प्रवक्ता सितारम पोखरेलले जानकारी दिए ।
यसअघि नेपालमा यूरो थ्रि गुणस्तरको पेट्रोल विक्री भईरहेको थियो । भारतीय आयल कर्पोरेशन आईओसीले आफ्ना रिफाईनरीबाट पुर्ण क्षमतामा यूरोफोर मापदण्डको तेल प्रशोधन कार्य शुरु गरिसकको छ । नयाँ मापदण्डको पेट्रोलले सवारी साधनको इन्जिनलाई पूर्ण क्षमतामा राख्ने, धुवाँलाई कम गर्न सहयोगी हुने र न्यून प्रदुषणयुक्त मानिन्छ । विकसित मुलुकमा प्रयोग हुँदै आएको सो मापदण्डको पेट्रोल नेपालमा भने ढिलो गरि मात्रै आयत हुन लागेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org