ताजा समाचार

जबर्जस्ती निर्वाचन गराए मुलुकमा द्वन्द्व : अध्यक्ष महतो

लुम्बिनी । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जबर्जस्ती निर्वाचन गराइए मुलुकमा द्वन्द्वको विजारोपण हुने बताएका छन् ।

सद्भावना पार्टी रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने— “मधेसी मोर्चालाई बाहिर राखेर स्थानीय तहकोे चुनाव गराए त्यो आफूहरुलाई स्वीकार्य हुँदैन् ।”

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहनुभएका अध्यक्ष महतोले प्रमुख तीन दलको हठका कारण मुलुक अस्थिरतातर्फ धकेलिने खतरा बढेको उल्लेख गर्दै मधेसी, आदिवासी जनजाति र उत्पीडित समुदायको माग पूरा नहुँदासम्म मोर्चामा निर्वाचनमा सहभागी हुँदैन् भने ।
“संशोधनबिना गरिने चुनावले दुर्भाग्यपूर्ण अवस्था सिर्जना गर्छ, हामी पनि निर्वाचन चाहन्छौँ, तर पहिला संविधान संशोधन गरेरमात्र निर्वाचन गर्नुपर्छ,” उनले भने— “सीमाङ्कनको टुङ्गो नलगाई संविधान संशोधन गरिए त्यो मोर्चालाई मान्य हुन सक्दैन् ।”

अध्यक्ष महतोले मोर्चाले उठाएका सबै माग समेटेर संविधान संशोधन गरिए निर्वाचनमा जाने वातावरण बन्छ भन्दै निर्वाचनमा जाने वातावरण भए मोर्चामा आबद्ध दलहरु एकढिक्का भएर सहभागी हुने विश्वास व्यक्त गरे ।

जनसङ्ख्याका आधारमा गाउँपालिका बनाउनुपर्ने र मधेस अझै पनि आन्दोलनमा नै रहेकाले छुटेका नागरिकलाई पनि मतदाता नामावलीमा समावेश गर्नुपर्ने धारणा उनले व्यक्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org