ताजा समाचार

काठ तस्कर पक्राउ

सुर्खेत । प्रस्तावित पञ्चपुरी नगरपालिका २ हालको साविक सालकोट ५ बाट काठको तस्करी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला वन कार्यालय सुर्खेतले विशेष सुराकीको आधारमा चिरान काठ ८७ को ५७.३३ क्यूविक फिट सालको चिरान काठ ना. ५ ख ५५३७ नम्बरको मिनी ट्रकमा लोड गरी रहेको बेलामा पक्राउ गरेको हो । पक्राउ पर्नेहरु लेखगाउँ वडा नं ५ का गगनबहादुर शाही, वीरेन्द्रनगर १ बाङ्गेसिलका ओजेस बहादुर शाही, कुनाथरी चेपाङ्ग १ गाडी चालक नटकबहादुर घर्ति मगर, लेखगाउँ वडा नं २ का सहचालक चित्रबहादुर लामिछाने पक्राउ परेको छन् । काठ तस्कारीलाई विशेष सुराकीको आधार पक्राउ गरेको जिल्ला वन कार्यालय सुर्खेतका वन अधिकृत हेमराज बिष्टले जानकारी दिए । पक्राउ परेकोकाहरुलाई अनुसन्धान कार्य भएको जिल्ला वन अधिकृत बिष्टले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org