मुठीदानबाट चुनावी खर्च जुटाउने नयाँ शक्तिको तयारी
काठमाडौं । नयाँ शक्ति पार्टीले स्थानीय तह निर्वाचनमा ‘मुठीदान’ संकलन गर्ने भएको छ । पार्टी आर्थिक संकटमा परेको निष्कर्षसहित निर्वाचनमा मुठीदानजस्तो जस्तो वैकल्पिक विधिहरु प्रयोग गरेर खर्च व्यवस्थापनको कार्ययोजना तयार पारिएको हो । एक जनाबाट धेरै रकम नभई धेरै जनाबाट थोरैथोरै रकम भए पनि लिने नीति लिने । मुठीदान जस्तो वैकल्पिक विधिहरु प्रयोग गर्ने । यस्तो सहयोगलाई जोरजबर्जस्ती नगर्ने र आर्थिक सहयोग दिनेलाई धन्यवाद दिने र पछि खर्च सार्वजनिक गर्ने बुधबार सार्वजनिक गरिएको निर्वाचन कार्ययोजनामा उल्लेख छ ।
निर्वाचनमा सहभागी हुँदा आर्थिक स्रोत धेरै आवश्यक पर्ने भएकाले विभिन्न सहयोगीहरुबाट सहयोग उठाउने कामलाई नियमित गर्ने नयाँ शक्तिको जोड छ । उक्त पार्टीले दाताबाट चन्दामात्रै नउठाई पार्टीका झण्डा, लोगो, चुनाव चिन्हहरुलाई प्रयोग गरेर आकर्षक व्याज, सोभनियरहरु, कप, प्लेट बनाउने उत्पादनमुखी काम गरेर आर्थिक प्रवर्द्धन गर्ने नीति पनि लिएको छ । जुन सामग्री शाखा वा पार्टी सहयोगीहरुमार्फत कार्यकर्ता शुभेच्छुकलगायत विदेशमा बिक्री गरेर आम्दानी गरिनेछ ।
न्युनतम खर्चको व्यवस्थापनको निम्ति आफ्नै पार्टीपंक्ति, शुभेच्छुक र आम जनतासँग विधिसम्मत र पारदर्शी ढंगले सहयोग संकलन गर्ने भन्दै नयाँ शक्तिले निर्वाचनमा फजुल खर्च, तडकभडक, किनबेच, भ्रष्टाचार आदिसँग प्रतिस्पर्धा नगर्ने प्रतिबद्धता सो पार्टीको छ । निर्वाचन प्रयोजनका लागि केन्द्र, प्रदेश, जिल्ला तहमा आर्थिक स्रोत परिचालन समिति बनाएर सात प्रदेशमा सातवटा साँस्कृतिक कार्यक्रम र त्यसमा पार्टी शुभचिन्तक, सदस्य, सेलीब्रेटीहरुले प्रदर्शन र प्रस्तुति दिने नयाँ शक्तिले बताएको छ ।
Comments
अरु समाचार
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...