ताजा समाचार

मुठीदानबाट चुनावी खर्च जुटाउने नयाँ शक्तिको तयारी

काठमाडौं । नयाँ शक्ति पार्टीले स्थानीय तह निर्वाचनमा ‘मुठीदान’ संकलन गर्ने भएको छ । पार्टी आर्थिक संकटमा परेको निष्कर्षसहित निर्वाचनमा मुठीदानजस्तो जस्तो वैकल्पिक विधिहरु प्रयोग गरेर खर्च व्यवस्थापनको कार्ययोजना तयार पारिएको हो । एक जनाबाट धेरै रकम नभई धेरै जनाबाट थोरैथोरै रकम भए पनि लिने नीति लिने । मुठीदान जस्तो वैकल्पिक विधिहरु प्रयोग गर्ने । यस्तो सहयोगलाई जोरजबर्जस्ती नगर्ने र आर्थिक सहयोग दिनेलाई धन्यवाद दिने र पछि खर्च सार्वजनिक गर्ने बुधबार सार्वजनिक गरिएको निर्वाचन कार्ययोजनामा उल्लेख छ ।

निर्वाचनमा सहभागी हुँदा आर्थिक स्रोत धेरै आवश्यक पर्ने भएकाले विभिन्न सहयोगीहरुबाट सहयोग उठाउने कामलाई नियमित गर्ने नयाँ शक्तिको जोड छ । उक्त पार्टीले दाताबाट चन्दामात्रै नउठाई पार्टीका झण्डा, लोगो, चुनाव चिन्हहरुलाई प्रयोग गरेर आकर्षक व्याज, सोभनियरहरु, कप, प्लेट बनाउने उत्पादनमुखी काम गरेर आर्थिक प्रवर्द्धन गर्ने नीति पनि लिएको छ । जुन सामग्री शाखा वा पार्टी सहयोगीहरुमार्फत कार्यकर्ता शुभेच्छुकलगायत विदेशमा बिक्री गरेर आम्दानी गरिनेछ ।

न्युनतम खर्चको व्यवस्थापनको निम्ति आफ्नै पार्टीपंक्ति, शुभेच्छुक र आम जनतासँग विधिसम्मत र पारदर्शी ढंगले सहयोग संकलन गर्ने भन्दै नयाँ शक्तिले निर्वाचनमा फजुल खर्च, तडकभडक, किनबेच, भ्रष्टाचार आदिसँग प्रतिस्पर्धा नगर्ने प्रतिबद्धता सो पार्टीको छ । निर्वाचन प्रयोजनका लागि केन्द्र, प्रदेश, जिल्ला तहमा आर्थिक स्रोत परिचालन समिति बनाएर सात प्रदेशमा सातवटा साँस्कृतिक कार्यक्रम र त्यसमा पार्टी शुभचिन्तक, सदस्य, सेलीब्रेटीहरुले प्रदर्शन र प्रस्तुति दिने नयाँ शक्तिले बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org