ताजा समाचार

अपहरण काण्डमा सरकारी कर्मचारी संलग्न रहेको आरोपमा पक्राउ


काठमाडौं, ३० चैत । झापा शनिश्चरेका जीवन विष्टलाई अपहरण गरी बन्धक बनाएर जमिन हडपेको आरोपमा प्रहरीले जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजेन्द्र न्यौपानेसहित तीन जनालाई पक्राउ गरेको छ।

विष्टको नामको अनारमनी ४ मा रहेको कित्ता नम्बर १६९ र १७० को करिब ५ कट्ठा १६ धुर जमीन मिलोमतोमा जबर्जस्ती हडपेको आरोपमा भद्रपुर ७ बस्ने न्यौपानेसहित मेचीनगर ८ बाहुनडाँगीका भूपू कान्छा भनिने अजय राई र भद्रपुर ७ बस्ने व्यावसायी प्रेम न्यौपानेलाई प्रहरीले आइतबार राति जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापाका अनुसार जग्गाधनी विष्टले आफूलाई अपहरण गरी बन्धक बनाएर जमीन हडपेको भन्दै गत शुक्रबार प्रहरीमा किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको हो ।  उपरीक्षक थापाका अनुसार घटनामा संलग्न पत्रकारसहित दुई आरोपी फरार छन् ।

 

 

कान्तिपुर दैनिकबाट  

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org