आजदेखि ‘नो हर्न’ के कस्ता छन् त जरिवाना
काठमाडौं १ वैशाख । वैशाख १ गते नयाँ वर्षको दिनदेखि काठमाडौं उपत्यकामा सवारी साधनको हर्न बजाउन पाइने छैन।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर उपमहानगरपालिका, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखा लगायत सरोकारवाला संघ–संस्थाको पहलमा वैशाख १ देखि हर्न बजाउन प्रतिबन्ध लगाइएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हर्न बजाउन पर्ने अवस्थामा मात्र बजाउन आदेश दिइएको छ । पहिलो मोडमा र दुर्घटना पर्न लागेको अवस्थामा र दोस्रो अर्कोतिरबाट आइरहेको गाडी नदेखिने मोड छ भने त्यस्तो ठाउँमा आफू आइरहेको पूर्व सुचना दिन हर्न बजाउन सकिन्छ ।
यी दुई अवस्थामा बाहेक हर्न बजाउने चालकलाई वैशाख १ देखि कारबाही गरिने डिआइजी मिड्मार लामाले बताए।
उनका अनुसार, पहिलोपटकमा ५ सय, दोस्रोपटक पनि हर्न बजाए १ हजार र तेस्रोपटक हर्न बजाएबापत १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने छ।
काठमाडौं उपत्यकामा अनावश्यक हर्न बजाउँदा ध्वनि प्रदूषण बढेको भन्दै ‘नो हर्न’ को व्यवस्था लागू गरिएको हो। डिआइजी लामाका अनुसार सहरी क्षेत्रभित्र अनावश्यक हर्न बजाउने प्रवृत्तिले कतिपयमा मानसिक समस्यासमेत उत्पन्न गरेको छ।
अहिले काठमाडौं उपत्यकामा सार्वजनिक सवारीले यात्रु बोलाउन, अगाडि रहेका गाडी हटाउन, ओभरटेक गर्न बढी हर्न बजाउने गर्छन्। मोटरसाइकल, स्कुटर चलाउनेहरूले साथी बोलाउन पनि हर्नकै प्रयोग गर्छन्। यी कारणले काठमाडौंको ध्वनि प्रदूषण उच्च रहेको लामाले जानकारी दिए।
‘साधारणतया ६० डेसिबल हुनुपर्नेमा काठमाडौं उपत्यकाको ध्वनि प्रदूषण ९५ डेसिबल छ। कोही बेला त यो ११० डेसिबलसम्म पुग्छ,’ उनले भने, ‘११० डेसिवल भनेको मानिसका लागि खतरापूर्ण हो।’
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












