ताजा समाचार

मधेशी मोर्चा सहितको गठबन्धनले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं । मधेशी मोर्चा सहितको संघीय गठबन्धनले निर्वाचन बिथोल्ने उद्देश्यसहित आन्दोलनका कार्यक्रम आज सार्वजनिक गर्दैछ । आफुहरुसंग भएको अनौपचारिक सहमति बिपरित सरकारले संविधान संशोधनको नयाँ विधेयक ल्याएको भन्दै गठबन्धनले आन्दोलनमा जाने निर्णय गरेको हो ।

राजधानीमा विहान ११ बजे पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने गठबन्धनको फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।

गठबन्धनको हिजोको बैठकले वैशाख ५ देखि ३१ सम्म निर्वाचन प्रभावित गर्ने ढंगले प्रदर्शन, घेराउ र हड्तालजस्ता कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
सरकारले मधेस केन्द्रित दललाई निर्वाचनमा आउन आग्रह गर्दै संवादबाट अघि बढ्ने बताएको छ । गठबन्धनले भने संविधान संशोधन नभई निर्वाचनमा नजाने स्पष्ट पारेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org