ताजा समाचार

राष्ट्रपति भण्डारीलाई राज्यमन्त्रीद्वारा नयाँदिल्लीमा स्वागत

नयाँदिल्ली ४ वैशाख । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी छन् । राष्ट्रपति भण्डारीलाई सो विमानस्थलमा भारतका महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले स्वागत गरेका छन् । त्यसअघि विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले उनलाई स्वागत गरेका थिए । राष्ट्रपति भण्डारी विमानस्थलबाट उनलाई आतिथ्य दिइएको भारतीय राष्ट्रपतिभवनतर्फ जानेछिन् ।

 

http://news-nepal.com/%E0%A4%A4%E0%A4%B8%E0%A5%8D%E0%A4%AC%E0%A4%BF%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%B9%E0%A5%87%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%81%E0%A4%B9%E0%A5%8B%E0%A4%B8%E0%A5%8D-%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org