ताजा समाचार

नेपालमा दालको भाउ महँगिदै, अर्को महिनाबाटै मूल्य बढ्ने

 

काठमाडौं, ५ बैशाख । आगामी दिन दालको भाउ बढ्ने देखिएको छ। क्यानडा र भारतका कारण नेपालमा दालको भाउ बढ्ने भएको हो।

भारतले सबैभन्दा वढि दाल क्यानडाबाट ल्याउँछ। क्यानडाबाट मुसुरी, केराउ, चनाको दाल आउँछ। भारतले कुल ४१ लाख ६७ हजार टन दाल आयात गर्छ। यसमध्ये १८ लाख १५ हजार टन क्यानडाबाट मात्र ल्याउँछ।
क्यानडामा दाल उत्पादनमा १० प्रतिशतले कमी आउने भएको छ। क्यानडाबाट सबैभन्दा बढि दाल आयात भारतले गर्छ। नेपालले भारतबाटै दाल ल्याउने भएकाले यहाँ पनि मूल्य बढ्ने देखिएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org