दुर्घटनामा दुई मृत्यु, २८ घाइते
नवलपरासी, ५ वैशाख । नवलपरासीमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा अरुणखोला जङ्गलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ८४३२ नम्बरको बस आफैं अनियन्त्रित भई पल्टिँदा भएको दुर्घटनामा बसमा सवार बाँके जिल्ला बैदापुर– ४ का ४५ वर्षीय डिल्लीराम डाँगीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका उनको उपचार क्रममा भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको र सबैको कलेज अफ मेडिकल साईन्सेज भरतपुर चितवनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
यस्तै नवलपरासीको बर्दघाटमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बर्दघाटकाअनुसार, बर्दघाट ११ भित्रि सडकखण्डमा गैडहवाबाट बर्दघाटतर्फ आउँदै गरेको लु ३ प १०३९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिँदा भारत बिहार बहुअरवा बस्ने अन्दाजी ६० वर्षीय मदन महतोको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते महतोको उपचारका क्रममा परासी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रासस
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












