ताजा समाचार

प्रमुख राजनीतिक दलको संयुक्त बैठक बस्दै

 

काठमाडौं, ६ बैशाख । आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनको व्यवस्थापन मिलाउनकालागि प्रमुख राजनीतिक दलहरुवीच गते हुने स्थानीय निर्वाचनको रणनीति बनाउन संयुक्त बैठक आयोजना गरिएको छ ।
बिहान ९ बजे बोलाइएको उक्त बैठकमा एमाले, माओवादी, राप्रपा, नेपाली कांग्रेस र विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमलाई निम्त्याइएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

स्रोतका अनुसार बैठकमा दलहरुको चुनाव चिन्हबारे छलफल हुनेछ र मधेसी मोर्चालाई निर्वाचनमा ल्याउन के गर्ने भन्नेबारे पनि छलफल गरिने जानकारी दिएको छ ।

साथै राप्रपाले राख्दै आएको असन्तुष्टिका विषयमा पनि संयुक्त बैठकमा छलफल हुने बताइएको छ ।

बैशाख ३१ गते हुने निर्वाचनमा मधेसी मोर्चा नआए पनि सत्ता पक्ष र प्रतिपक्षमा रहेका ५ प्रमुख दलहरुले भने चुनाव ३१ गते नै हुनुपर्ने पक्षमा जोड दिएका छन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org