निर्वाचन वैशाख ३१ मा एकै चरणमा गर्ने पाँच दलको निष्कर्ष
काठमाडौँ, ६ वैशाख । प्रमुख पाँच दलले यही वैशाख ३१ गते हुने निर्वाचन निर्धारित मितिमै हुने स्पष्ट पार्दै मधेस केन्द्रित दल सहमतिमा आए केही जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्न सकिने निष्कर्ष निकालेका छन् ।
निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बालुवाटारमा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का शीर्ष नेतासहितको बैठक बोलाउनुभएको थियो ।
प्रमुख पाँच दलका नेताहरुले स्थानीय तहको निर्वाचनका सम्बन्धमा उठेका भ्रम चिर्दै निर्धारित मितिमा एकै चरणमा हुने पनि स्पष्ट पार्नुभएको छ ।
बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवाले वैशाख ३१ मा कुनै पनि हालतमा निर्वाचन हुने बताउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा निर्वाचनमा सहभागी हुने निश्चत भए केही स्थानमा दुई चरणमा निर्वाचन गर्न सकिने बारेमा छलफल भएको जानकारी दिनुभयो ।
उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले मोर्चाले निर्वाचनलाई अवरोध गर्ने गरी विरोधका कार्यक्रम सार्वजनिक गरेको सम्बन्धमा छलफल हुनुका साथै मोर्चालाई सहमति ल्याई निर्वाचनमा सहभागी गराउने विषयमा छलफल भएको बताउनुभयो ।
निर्वाचनको सुरक्षामा कुनै कमी नरहेको बताउँदै उपप्रधानमन्त्री निधिले भन्नुभयो, “चारै सुरक्षा निकाय तयारी अवस्थामा छन् । कुनै पनी हालतमा वैशाख ३१ मा निर्वाचन हुन्छ ।”
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने र सकेसम्म सबैलाई सहभागी गराउन सत्ता र प्रतिपक्षबाट प्रयत्न गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । नेता नेम्वाङले वैशाख ३१ गते एकै दिन एकै चरणमा देशव्यापी रुपमा निर्वाचन सम्पन्न गर्ने निष्कर्षमा बैठक पुगेको बताउनुभयो ।
पाँच दलले मोर्चा र सङ्घीय गठबन्धनलगायत सबै दललाई निर्वाचनमा सहभागी गराउन अन्तिम समयसम्म सत्ता पक्षले प्रयास जारी राख्ने र त्यसमा प्रतिपक्षले सकारात्मक सहयोग गर्ने निष्कर्ष निकालेका छन् ।
माओवादीका नेता एवम् ऊर्जामन्त्री जनार्दन शर्माले निर्वाचन निर्धारित मितिमा हुने कुरामा कुनै शङ्का नरहेको बताउँदै मधेस केन्द्रित दल निर्वाचनमा आउने भएपछि तयारीको समय चाहियो भने केही स्थानमा दोस्रो चरणमा पनि निर्वाचन गर्न सकिन्छ भन्नुभयो ।
बैठकमा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री एवम् अध्यक्ष दाहाल, नेताद्वय शर्मा तथा वर्षमान पुन, काँग्रेसबाट सभापति देउवा, नेताद्वय निधि र प्रकाशमान सिंह, एमालेबाट कार्यबाहक अध्यक्ष बामदेव गौतम, नेता माधवकुमार नेपाल र नेम्वाङ, राप्रपाबाट नेता एवम् आपूर्तिमन्त्री दीपक बोहरा र फोरम लोकतान्त्रिक तर्फबाट अध्यक्ष विजयकुमार गच्छदार र नेता रामजनम चौधरी सहभागी हुनुहुन्थ्यो ।
मोर्चा र गठबन्धनले निर्वाचनमा सहभागी नहुने अडान राख्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । रासस
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












